
चितवन, भदौ १ – सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा शनिबार बिहान माथिबाट ढुंगा र माटो खस्दा सडक दुबै तर्फबाट बन्द भएको थियो।
सडक डिभिजन कार्यालयले खटाएको दुईवटा एक्साभेटर प्रयोग गरेर पहिरो हटाइएको र बिहान ८:१० बजेबाट सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो।
क्षेत्रीका अनुसार वर्षायाममा यो क्षेत्रमा पहिरोको जोखिम बढी हुने भएकाले सडक प्रयोग गर्दा यात्रुहरू सतर्क रहनु पर्ने आवश्यकता छ। यात्राका क्रममा जोखिम मूल्याङ्कन गरेर मात्र सुरक्षित ढंगले अगाडि बढ्न उनले आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे