
काठमाडौं — MAW Vriddhi Motors Pvt. Ltd. को काठमाडौं नक्सल क्षेत्रमा आफ्नो कार्यालय रहेको छ। यस कम्पनीले उच्च गुणस्तरका गाडी बिक्री र सेवा प्रदान गर्दै ग्राहक सेवामा उत्कृष्टता र विश्वसनीयता सुनिश्चित गदै आएको छ। केहि समय पहिले, MAW Vriddhi Motors ले डोंगफेंगको नम्मी ब्रान्डको इलेक्ट्रिक (EV) कार सार्वजनिक गरेको थियो, जसले नेपाली बजारमा नयाँ आयाम थपेको छ।

डोंगफेंग मोटर कार्पोरेशन लिमिटेड चीनको प्रमुख ऑटोमोटिभ कम्पनी हो, जसको स्थापना १९६९ मा वुहान, हुबेई प्रान्तमा गरिएको थियो। कम्पनीको कुल सम्पत्ति ४९९.३ अर्ब युआन पुगेको छ र यसमा १२७,००० भन्दा बढी कर्मचारी कार्यरत छन्। यसले विश्वका शीर्ष ५०० कम्पनीहरूको सूचीमा १८८ औं स्थान प्राप्त गरेको छ। डोंगफेंग मोटरले १,२००,००० भन्दा बढी सवारी साधनहरू विदेशमा बेचेको छ र यसको उत्पादन १०० भन्दा बढी देशहरूमा उपलब्ध छ। कम्पनीका मुख्य व्यवसायमा व्यावसायिक सवारी साधन, यात्री सवारी साधन, नयाँ ऊर्जा सवारी साधन, ऑटोमोबाइल असेम्ब्ली, पार्ट्स र कम्पोनेन्ट, मेसिनरी र उपकरण, र अन्य सवारी साधन सम्बन्धी उत्पादन र सेवाहरू समावेश छन्।
मोरङ अटो वर्क्स (MAW) को सुरुवात १९६४ मा स्व. प्रह्लाद रॉय अग्रवालद्वारा गरिएको थियो। यो कम्पनीले प्रारम्भमा बिराटनगरमा एक साधारण अटोमोबाइल कार्यशाला सञ्चालन गरेको थियो, र आज यो अन्तर्राष्ट्रिय ब्रान्डहरूको विविध क्षेत्रमा संलग्न ठूलो समुहको रूपमा विकसित भएको छ। MAW समूहले ग्राहकलाई गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै र ग्राहक सन्तोषलाई जीवन्त राख्नमा सफलता प्राप्त गरेको छ। कम्पनीको व्यवसायिक अभ्यासहरूको उत्कृष्टता यसको डिलर र सहयोगीहरूको बीचमा पनि परिचित छ। यो कम्पनी वार्षिक रुपमा १५०० करोड रुपैयाँको कारोबार गर्दछ।
MAW को ब्रान्ड पोर्टफोलियो:
Yamaha: प्रख्यात मोटरसाइकल र स्कूटरको निर्माता।
Jeep: विश्व प्रसिद्ध एसयुभी ब्रान्ड।
Skoda: उच्च गुणवत्ता र सुविधा सम्पन्न कारहरूको निर्माता।
Bass & Treble: संगीत र ऑडियो उपकरणको ब्रान्ड।
Escorts: कृषि र निर्माण उद्योगका लागि यान्त्रिक उपकरणहरूको निर्माता।
MAW Engineering: इन्जिनियरिङ्ग सेवाहरू र उत्पादनहरूको प्रदायक।
MAW Investment: व्यावसायिक लगानी र वित्तीय सेवाहरू।

Nammi इलेक्ट्रिक कारका प्रमुख विशेषताहरू:
MAW Vriddhi Motorsका अनुसार, डोंगफेंगको Nammi EV कारहरूको डिजाइन र प्राविधिक विशेषताहरूले आधुनिक आवागमनका मागहरूको पूर्ति गरेको छ। यसले नेपालको इलेक्ट्रिक वाहन बजारमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। यसका साथसाथै, Nammi कार विक्रेताले वातावरणीय लाभ र दीगो विकासको लक्ष्यलाई मद्दत गर्दै, ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न उत्कृष्ट सेवाहरू र समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे