
काठमाडौँ — एमाले महाधिवेशनलाई लक्षित गर्दै नागढुंगा -मलेखु सडक आज र भोलि बन्द नहुने भएको छ । सडक विभागले बुधबारदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर कालोपत्र गर्ने योजना बनाएको थियो। काम पनि सुरु भइसकेको थियो। तर भक्तपुरमा आगामी शनिवारदेखि हुने एमाले महाधिवेशनका बेला सडक बन्द हुँदा समस्या हुनसक्ने भन्दै एमाले निकट युवा संघले सडक खुलाउन माग गरेका थिए।
उनीहरूको आग्रहपछि सडक पूर्ण रूपमा खुला गरिएको हो। बुधवार युवा संघको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनको लागि दुई दिन सडक खुला गर्न अनुरोध गरेका थिए। सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाका अनुसार, दुई दिनपछि पुनः पूर्वनिर्धारित कार्यतालिका अनुसार सडक बन्द गरेर कालोपत्रको काम जारी रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे