
काठमाडौँ , पुस ५ । राजधानी काठमाडौँ प्रवेश र बाहिरिने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आइतबारदेखि दैनिक चार घण्टा बन्द हुने भएका छन्। सडक विस्तार र स्तरोन्नति कार्यको क्रममा घुम्ती र अन्य स्थानमा पहाड कटान गर्नुपर्ने भएकोले नागढुङ्गादेखि मुग्लीनसम्मको सडक ७ देखि १३ पुषसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द राखिनेछ।
जिल्ला प्रशासन कार्यालय धादिङले नागढुङ्गा-मुग्लीन सडक आयोजनाले एक सूचना जारी गर्दै, उक्त समयमा सबै सवारी चालकलाई ट्राफिक नियमको पालना गर्दै सवारी चलाउन आग्रह गरेको छ। अत्यावश्यक सवारी साधनहरू जस्तै एम्बुलेन्स, प्रहरी र दमकलका सवारीहरू भने अवरोध नगरी चल्नेछन्। यस राजमार्गमा दैनिक १७,००० सवारी साधनहरूको आवागमन हुने गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे