
काठमाडौँ । आज नागपञ्चमी पर्व देशभर परम्पराअनुसार मनाइँदैछ। यो पर्व हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। आजको दिन घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिन्छ। यस्तो गर्दा सर्प, नाग, बिच्छी जस्ता जीवको डर हट्ने र आगो, मेघगर्जन तथा चट्याङको खतरा कम हुने धार्मिक विश्वास छ।
नाग पूजाको चलन वैदिककालदेखि चलिआएको हो। वैदिक मान्यताअनुसार नाग सर्पको राजा मानिन्छ। नाग रिसाए पानी नपर्ने जनविश्वासका कारण वर्षा र शीतलता ल्याउन नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसालिएको हो।
आज काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानहरूमा विशेष पूजा, आराधना र प्रसाद चढाउने गरिन्छ। गाईको दूध, दुबो, अक्षता, खीर, रोटी आदि चढाइन्छ।
नागपञ्चमीसँगै वैदिक सनातन धर्मअनुसार चाडपर्वहरूको शृङ्खला सुरु हुने मानिन्छ। यसले सांस्कृतिक र धार्मिक गतिविधिको मौसमको सुरुवात पनि जनाउँछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे