
काठमाडौँ , ५ मसिर । कांग्रेस सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन्। आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै माफी मागेका हुन्। उनले सामाजिक सञ्जालमा भनेका छन् “आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको महशुस भएकाले क्षमा प्रार्थी छु”।
पाण्डेको उजुरीमा अनुशासन समितिले बजगाईंलाई बोलाएको थियो। त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले आफूविरूद्ध बजगाईले श्रृंखलाबद्ध रूपमा कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले सचिवालयका सदस्यमार्फत कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका थिए ।
बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मङ्गलबार सामाजिक सञ्जलमा पोष्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरुमा समाचार प्रकाशित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे