
काठमाडौँ — जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली स्वरूप निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको छ।
निजी विद्यालयहरूका संगठनहरू — नेपाल मोंटेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनमा थुप्रै विद्यार्थी र युवाको मृत्यु भएको घटनाले शैक्षिक क्षेत्र मात्र नभई सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको बताएका छन्।
उनीहरूले दिवंगत आत्माहरूको चिरशान्ति, पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घटना दुःखद र पीडादायी भएकाले दुःखसाझा गर्दै दुई दिन शोक बिदा दिइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे