
धनुषा, १२ वैशाख — धनुषाको सहिदनगर नगरपालिका–५ की ३० वर्षीया पविता कुमारी साहको विष सेवनपछिको उपचारका क्रममा शुक्रबार बिहान रामजानकी अस्पतालमा मृत्यु भएको छ। अस्पतालका सञ्चालक मिथलेश साहका अनुसार, पविताको अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो, तर बचाउन सकिएन।
पविताले विष सेवन गर्नु अघि आफ्ना तीन सन्तानलाई पनि विष खुवाएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ। गत सोमबार विष सेवन गरेका उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको सोही दिन उपचारको क्रममा मृत्यु भएको थियो।
पविता गर्भवती थिइन् र विष सेवनपछि आपतकालीन शल्यक्रिया गरी शिशुको जन्म गराइएको थियो। अस्पतालका अनुसार नवजात शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
घटनाको कारण घरायसी विवाद रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे