
काठमाडौँ । विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएपछि उनको रिहाइको माग गर्दै आमा पदमा र बहिनी पुष्पा जोशी अमेरिका गएका छन्। यसअघि दुवै जना इजरायल गइसकेका थिए, अब भने अन्तर्राष्ट्रिय दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म पुग्ने तयारीसहित अमेरिका जान लागेको पुष्पाले बताइन्।
विपिनसहित ४८ जना बन्धकको तस्बिर हालै हमासले सार्वजनिक गरेको थियो, जसलाई परिवारले इजरायली आक्रमणको जवाफस्वरूप देखाइएको हुनसक्ने अनुमान गरेका छन्। विपिनका बुबा महानन्द जोशीले सरकारसँग कूटनीतिक पहल बढाउन आग्रह गरेका छन्।
विपिन दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। त्यही बेला हमासको आक्रमणमा परेका थिए, जसमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। अब परिवार उनको सकुशल रिहाइको प्रतीक्षामा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे