
काठमाडौँ २ कार्तिक | नेकपा (माओवादी केन्द्र)ले बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समय कात्तिक ४ गतेसम्मका लागि थप गरेको छ।माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव
श्रीरामले हिजो एक विज्ञप्तिमार्फत यस बिषयको जानकारी दिएका थिए ।
यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो।
माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ।
सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत स्पष्ट पारेको छ। यसअघि पनि बागी उम्मेदवारी फिर्ता लिन असोज ३१ गतेसम्म समय दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे