
काठमाडौँ ३१ असोज |सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बोल्दै गृहमन्त्री बालकृष्ण खाणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै नेपाल प्रहरीलाई पनि चनाखो रहन निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले अपराधिक घटना बढिरहेकाले नेपाल प्रहरी लाई पनि थप सुरक्षा चुनौती थपिएको बताएका छन् ।विश्वमा नयाँ किसिमका विज्ञानका प्रविधिहरुको प्रयोग गरी अपराधिक गतिविधिहरु वर्षेनी अपराधिक घटना बढिरहेकाले गृहमन्त्री खाणले नेपाल प्रहरीले पनि विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरुको नियन्त्रण लिनु पर्नेमा जोड दिए ।
उनले भने, ‘क्षमता अभिवृद्धिकै लागि नेपाल प्रहरीलाई पनौतीको प्रहरी तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र नेपालमा नै उपलब्ध गराइनेछ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे