
काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नैतिक समस्या देखिएको भन्दै प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठलाई हटाउन माग गरेकी छन्। उनका अनुसार श्रेष्ठले आफ्नी श्रीमतीसहित नातेदारलाई सचिवालयमा जागिर दिएर नातावाद बढाएको आरोप लागेको छ, जसले सचिवालयको विश्वास नै कमजोर बनाएको बताइन्छ। रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ,’
बमले जेनजी आन्दोलन केवल आर्थिक भ्रष्टाचारबिरुद्ध नभई नातावाद र गलत अभ्यासविरुद्ध पनि रहेको बताउँदै, नागरिक सरकारको नाममा स्वार्थ पूरा गर्न खोजिएको आरोप लगाइन्। उनका अनुसार यस्तो कार्यले परिवर्तनका लागि गरिएको बलिदानको अपमान हुन्छ।
उनले सरकारलाई सचेत बनाउन आग्रह गर्दै भनेकी छन्—देश संवेदनशील अवस्थामा हुँदाहुँदै यस्ता पारिवारिक नियुक्तिले सरकार कमजोर हुन्छ, त्यसैले तत्काल कारबाही आवश्यक छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे