
>काठमाडौँ, असार १३ – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। शुक्रबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरीको जोखिम पनि देखिएको छ।
आज राति पनि अधिकांश स्थानमा बदली रही, केही भागमा मेघगर्जनसहित वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे