
काठमाडौँ , ११ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्ष २०८१र८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । विशेषगरी उद्योगी एवम व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समिति बैठक बसिरहेको छ ।
यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको हो ।
कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
मौद्रिक नीतिका बारेमा अर्थविद एवम सरोकारवालाहरुले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।
अघिल्लो वर्ष साउन ७ गते नै नीति सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै ल्याउने बैंकको तयारी थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे