
काठमाडौँ, ३१ बैशाख । मोदी इनर्जीले सर्वसाधरणको लागी जारी गरेको आइपिओ आज (आइतबार) बाँडफाँट गरेको छ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले शेयर पाएका छन्।
उक्त आइपिओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो।
जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।
कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो।
माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड भएको छ । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । जसमा ५ लाख ६१ हजार २२६ आवेदकले १०र१० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार लगानीकर्ताले वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
यसरी हेर्नुहोस् आईपीको नतिजा :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे