
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जितको लागि बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा एक सन्देश जारी गर्दै मोदीले ट्रम्पलाई हार्दिक बधाई व्यक्त गरेका हुन्।
प्रधानमन्त्री मोदीले ट्रम्पको आगामी कार्यकालका सफलतासँगै भारत-अमेरिका बीचको समग्र वैश्विक र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन आफ्नो देशको सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। उनले लेखेका छन्, “म तपाईको गत कार्यकालको सफलतासँगै, भारत र अमेरिकाबीचको साझेदारीलाई थप मजबुत बनाउनका लागि सहकार्य गर्न उत्सुक छु।”
प्रधानमन्त्री मोदीले आफ्ना विचारमा समावेश गर्दै थप भने, “हामी सबै मिलेर आफ्ना नागरिकको कल्याण, वैश्विक शान्ति, स्थिरता र समृद्धिका लागि काम गर्नुपर्छ।”
यसै बीच, डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजित एक कार्यक्रममा आफ्नो चुनावी विजयको घोषणा गरेका थिए, तर उनको जितको आधिकारिक घोषणा अझै भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे