
पर्सा, ६ श्रावण । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माक्स अनिवार्य लगाउन आग्रह गरेको छ । पछिल्लो २ हप्तादेखी नेपालमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि मन्त्रालयले १० बुँदे सूचना जारी गर्दै विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको हो।
गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न सुचना भनिएको छ । मन्त्रलायले खोप नलगाएकाहरूले लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
कसैलाई कोरोना लागे अस्पतालमा गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे