
एजेन्सी ।स्विजरल्याण्डको जिनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् (HRC) को ५८औं सत्रको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवा ले नेपालले मानव अधिकार संरक्षण र प्रवर्द्धनप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्याएको बताएकी छन्।
उनले सन् २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् (UNHRC) सदस्य पदमा नेपाल निर्वाचित हुनुपर्नेमा जोड दिँदै सदस्य राष्ट्रहरूको समर्थन माग गरेकी छन्। उनले लोकतन्त्र, विधिको शासन र मानव अधिकार प्रवर्द्धनका लागि नेपाल निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपाललाई सहयोग गर्न आग्रह गरिन्।
यसै अवसरमा मन्त्री राणाले आउँदो मे २०२५ मा काठमाडौँमा आयोजना हुने ‘सगरमाथा संवाद’ को पहिलो संस्करणमा सहभागी हुन सबै प्रतिनिधिहरूलाई औपचारिक निमन्त्रणा समेत गरिन्।
उनको सम्बोधनमा नेपालले मानव अधिकार परिषद्को सदस्यता प्राप्त गर्न गरेका प्रयास, वर्तमान उपलब्धिहरू तथा आगामी योजनाहरूलाई विशेष रूपमा उजागर गरिएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे