
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समितिहरू गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । उनले व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने स्थानीय तहहरूलाई कडा चेतावनी दिएका हुन्। मन्त्रालयले जारी गरेको निर्देशनअनुसार विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूलाई तत्काल समिती गठन गर्न सूचना दिइएको छ।
मन्त्री पुनका अनुसार , ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ । साथै, यस्ता पालिकाहरूका नाम पनि संकलन भइरहेको र पीडित अभिभावकहरूलाई पनि आफ्ना क्षेत्रमा भएको अनियमितताबारे मन्त्रालयलाई जानकारी गराउन मन्त्री पुनले आग्रह गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे