
काठमान्डौ , २४ जेठ – संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन , राष्ट्रसङ्घीय बालकोष र थाइल्याण्ड सरकारको आयोजनामा बैंककमा जारी एसिया प्रशान्त क्षेत्रका शिक्षामन्त्रीहरुको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताउनुभएको छ ।
उहाँले शिक्षाका सबै संरचनाका साथै सामग्री र सेवा प्रवाहबारेका विद्यमान सोचमा पनि पुनःसंरचना हुनुपर्नेमा जोड दिनुभयो ।मन्त्री पौडेलले आगामी महिनादेखि सरकारले विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रम ९इएसपी, २०२२–२०३०० सुरु गर्न लागेको जानकारी दिँदै सीमान्तकृत र बहिष्करणमा परेका वर्गका लागि विशेष सम्बोधन गर्न सरकार तम्तयार रहेको उल्लेख गर्नुभयो ।
उहाँले कोभिड– १९ जस्ता स्वास्थ्य महामारीबाट शिक्षा क्षेत्रलाई भविष्यमा प्रभावकारी बनाउन पूर्वतयारीमा रहनु अहिलेको आवश्यकता हो भन्नुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे