
काठमाडौँ, १५ असार ।लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री वलीलको राजीनामा आज स्वीकृत भएको प्रदेशसभामा जानकारी दिनुभयो ।
विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।
वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई असार १२ गते दिएको राजीनामा बुझाउनु भएको हो ।
जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन भनेर उहाँले राजीनामा दिनुभएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे