
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि पुगेका छन्। केही दिनअघि सार्वजनिक भएको अडियो टेपमा भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख रुपैयाँ घुस लेनदेनको वार्तालाप सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका छन्।
यस प्रकरणपछि मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने माग चुलिँदो छ। प्रधानमन्त्री ओलीले यही विषयमा छलफलका लागि गुप्तालाई बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको छलफलपछि गुप्ताले राजीनामा दिने वा उनलाई पदबाट बर्खास्त गर्ने निर्णय हुन सक्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे