
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन साहबीच भएको भेटले राजनीतिक रूपमा नयाँ चर्चा सुरु भएको छ।
हालै कुलमानले उज्यालो नेपाल पार्टी गठन गरेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। त्यसपछि उनले सामाजिक सञ्जाल फेसबुकमा बालेनसँगको तस्बिर पोष्ट गर्दै, “देश बनाउने अभियानमा हामी सँगै छौँ” भनेर लेखे।
आइतबार गरिएको यो भेट र सार्वजनिक गरिएको तस्बिरले दुवै जना अब राजनीतिक यात्रामा नजिकिने संकेत देखिएको भन्दै सार्वजनिक रूपमा धेरै टिप्पणी गरिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे