
काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज बिहीबार दिउँसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्नेछन्। यो पत्रकार सम्मेलन पोखराको बाटुलेचौरमा रहेको १३४ रोपनी जग्गा सेटिङ गरी दर्ता गर्न ३२ लाख रुपैयाँ घूस लिएको आरोपको बारेमा हुनेछ।
बुधबार सार्वजनिक भएको नयाँ अडियोमा मन्त्री अधिकारीले आफ्नै क्वार्टरमा घूस लिएको दाबी गरिएको छ। अडियोमा एमालेका स्थानीय नेता सुजन लामाले मन्त्री अधिकारी, तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्रीका छोरा मनोज अधिकारी, र तत्कालीन संघीय मामिला मन्त्री राजकुमार गुप्तासमेतको नाम उल्लेख गरेका छन्।
लामाले यस काममा डेढ करोड रुपैयाँ खर्च भएको पनि दाबी गरेका छन्। यसै विषयमा मन्त्री अधिकारीले आज पत्रकारहरूलाई जवाफ दिनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे