
एजेन्सी। मेटलाइफ इन्क. लगातार सातौं वर्ष फर्च्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज़ सूचीमा स्थान पाएको छ। सन् २०२६ का लागि कम्पनीले जीवन तथा स्वास्थ्य बीमा उद्योगमा पहिलो स्थान हासिल गरेको छ। यस उपलब्धिले मेटलाइफको वित्तीय सेवाक्षेत्रमा बलियो प्रतिष्ठा, निरन्तर प्रदर्शन र दीर्घकालीन नेतृत्वलाई झल्काएको बताइएको छ।
मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले भने, “करिब १६० वर्षदेखि मेटलाइफले मानिसहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्दै आएको छ। यो मान्यताले हाम्रो व्यवसायको मजबूती, कर्मचारीहरूको समर्पण र विश्वभरिका हाम्रो सहकर्मी तथा समुदायप्रति मूल्य सिर्जना गर्ने अटल प्रतिबद्धतालाई झल्काउँछ।”
फर्च्युन कम्पनीले २५ वर्षभन्दा बढी समयदेखि उद्योगका कम्पनीहरूको कर्पोरेट प्रतिष्ठा मूल्याङ्कन गर्दै आएको छ। यस सूचीकृतिमा कम्पनीहरूको मूल्याङ्कन नौवटा मापदण्डमा आधारित हुन्छ, जसमा निष्ठा, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता, प्रतिभा आकर्षण र कायम राख्ने क्षमता समावेश छन्। मेटलाइफले सन् २०२५ मा १०औं स्थान हासिल गरेको थियो र लगातार दोस्रो वर्ष फर्च्युन २५ बेस्ट वर्कप्लेस सूचीमा समेत समावेश भएको थियो। साथै, ३३ बजारमा ग्रेट प्लेस टु वर्क प्रमाणपत्र प्राप्त गरेको थियो। यी उपलब्धिहरूले कम्पनीको उद्देश्यप्रेरित र समावेशी कार्यसंस्कृतिलाई झल्काउँछ।
मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा संचालनमा रहेको छ र व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ। मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले कम्पनीको दीर्घकालीन प्रतिबद्धता, कर्मचारी समर्पण र सामाजिक उत्तरदायित्वलाई यस सम्मानले झल्काएको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे