
काठमाडौँ, २३ चैत । प्रतिनिधिसभाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताएका छन् ।
बिहिबार संसदको शुन्य समयमा बोल्दै शाहीले संघीयता कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको बताए ।
उनले विदेशबाट ल्याइएको ऋणको हिसाव अहिलेका प्रधानमन्त्री र आजसम्म भएका प्रधानमन्त्रीहरुले दिनु पर्ने माग राखेका छन् ।
‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने। यहाँ युवाहरु हरेक दिन बेरोजगारी बढेको बढेकै छ। त्यो पैसा कहाँ गयो ? यो पैसाको एक एक हिसाव किताव अहिलेका प्रधानमन्त्रीहरुले र आजसम्म भएका प्रधानमन्त्रीहरुले जवाफ दिनुपर्छ।
विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो ? पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो। यदी एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ, उनले भने, म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ ।
एउटा देश ठूलो भयो भने देशलाई केन्द्रिकरण गर्न चाहिन्छ। तर आज देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने ।
कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो। यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे