
मेलम्ची।मेलम्ची नगरपालिका वडा नं. ९ र १० मा निर्माणाधीन तथा सम्पन्न विभिन्न विकास योजनाहरूको अनुगमन, मूल्यांकन तथा पृष्ठपोषण कार्य सम्पन्न भएको छ।
नगरपालिकाका उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक उमा प्रधानको नेतृत्वमा अनुगमन टोलीले योजनास्थलहरूको निरीक्षण गरेको छ। अनुगमन टोलीमा वडा नं. ९ का वडा अध्यक्ष, लेखा अधिकृत, योजना शाखा प्रमुख तथा प्राविधिकहरू सहभागी भएका थिए।
अनुगमनका क्रममा योजनाहरूको कार्यान्वयन अवस्था, निर्माणको गुणस्तर तथा प्रभावकारिता मूल्यांकन गरिएको जनाइएको छ। साथै, सुधार आवश्यक रहेका पक्षहरूबारे सम्बद्ध निकायलाई आवश्यक सुझाव प्रदान गरिएको जानकारी प्राप्त भएको छ।
योजनाहरूको अनुगमनपछि साधारणतया निम्न प्रश्नहरूको उत्तर स्थानीयले पाए वा पाएनन् पनि महत्त्वपूर्ण हुन्छ
कुन-कुन योजना अनुगमन गरियो, तिनको कुल लागत, उद्देश्य तथा प्रगति अवस्था के छ?
अनुगमनका क्रममा मुख्य समस्या वा चुनौतीहरू के-के देखिए?
निर्माण गुणस्तर सुधारका लागि के-कस्ता सिफारिसहरू गरिएको छ?
परियोजनाहरूको प्रभावकारिता मूल्यांकन गर्न के-कस्ता सूचक प्रयोग गरियो?
स्थानीय बासिन्दाको प्रतिक्रिया के छ, र तिनलाई अनुगमन प्रक्रियामा कसरी समावेश गरिएको थियो?
नगरपालिकाले अनुगमनपछि कार्यान्वयन सुधारका लागि कस्तो रणनीति अवलम्बन गर्नेछ?
अनुगमनको निष्कर्षलाई आधार मानेर आगामी योजनाहरू थप प्रभावकारी बनाउन विभिन्न कदमहरू चालिने नगरपालिकाले जनाएको छ। पारदर्शिता तथा उत्तरदायित्व बढाउँदै नगर विकासलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे