
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने तय भएको छ। भेटमा मन्त्री फेरबदलका विषयमा मुख्य रूपमा छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री ओली हालका केही मन्त्रीहरूको कामप्रति असन्तुष्ट देखिएका छन् र उनीहरूलाई हटाएर नयाँ अनुहार ल्याउने तयारीमा छन्। तर यसअघि देउवाको सहमति नहुँदा मन्त्री परिवर्तनको प्रक्रिया अघि बढ्न सकेको थिएन।
आजको भेटमा मन्त्री हेरफेरबाहेक सरकारको समग्र कामकारबाही र संसदमा पेश भएका विधेयकहरूप्रति देखिएको असहमति र गलत बुझाइका विषयमा पनि कुराकानी हुने स्रोतको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे