
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री देउवाले प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे