
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। च्यासलस्थित एक निजी निवासमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको हो। आइतबार दिल्ली प्रस्थान गर्ने तयारीमा रहेका संयोजक प्रचण्डसँग अध्यक्ष ओलीले समय निकालेर भेट गरेका हुन्। यसअघि शनिबार बिहानै भेटवार्ता गर्ने कार्यक्रम तय भए पनि प्रचण्ड संखुवासभाबाट फर्कन ढिला भएकाले भेट आजका लागि सरेको थियो ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै कांग्रेस, एमाले र नेकपाबीच चुनावी तालमेलको सम्भावनाबारे पछिल्लो समय नेताहरूबीच अनौपचारिक संवाद हुँदै आएको छ। सोही सन्दर्भमा दुई शीर्ष नेताबीच भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे