
काठमाडौँ, २८ असार । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । ओलीलाई बालकोटस्थित उहाँको निवासमा पुगेर लिउले भेट गर्नूभएको हो ।
भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली , ईश्वर पोख्रेल लगायत सहभागी हुनुहुन्छ । आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भने अस्ति र हिजो माओवादी अध्यक्ष प्रचण्ड सङ भेट भइसकेको छ ।
लिउ ६ सदस्यीय टेलीको नेतृत्व गर्दै आइतबार नेपाल आएका थिए। भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहेका छन्। सीपीसीको विदेश विभाग प्रमुख भएपछि लिउले नेपालबाट आफ्नो विदेश भ्रमण सुरु गरेका छन् । नेपाल आउनु अघि लिउले असार ९ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए। लगत्तै असार १६ मा लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे