
काठमाडौँ, १ जेठ । आजबाट बिदेशवाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज (जेठ १) गतेदेखि लागु गरेपछि नेपाल आउँदा २ वटासम्म मोबाइल ल्याउन पाउने भएका हुन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा भित्राइएका मोवाइलका यि सेटहरु यो सिस्टममा दर्ता गर्नुपर्ने हुन्छ ।
‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सुचनामा भनिएको छ। तर, यो सुबिधा बैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने बिभागको भनाइ छ।
‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइ भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणे सर्वसाधारणका लागि भनेको छ, ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्त गर्न सक्ने छन्।’
यसरी ल्याइएको मोबाइल दर्ताका लागि राहदानी वा नागरिकता विदेशवाट फर्किँदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए÷नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे