
काठमाडौं — अग्रणी बैंक एमबिएलले हालै आयोजना गरेको २०८२ अर्धवार्षिक व्यवस्थापन सम्मेलनले बैंकका नेतृत्व, हेड अफ डिपार्टमेन्ट, संस्थागत बैंकिङ प्रबन्धकहरू, क्लस्टर प्रबन्धकहरू र मध्यम तहका प्रबन्धकहरूलाई एकैसाथ ल्याएर रणनीति, नवप्रवर्तन र दीगो विकासका उपायहरूमा केन्द्रित गराएको छ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सतोष कोइराला सहित तथा अन्य वरिष्ठ प्रबन्धकहरूले सहभागिता जनाएका थिए। कार्यक्रमका दौरान सहभागीहरूले नेतृत्व कौशल, वातावरणीय तथा सामाजिक सन कृत्रिम बुद्धिमत्ता –आधारित बैंकिङ्ग, डिजिटल रूपान्तरण, नियामक-अनुरूप व्यवसाय विस्तार, र भविष्यका रणनीतिक मार्गचित्रमा गहन छलफल गरेका थिए।

कार्यक्रमले साझा दृष्टिकोणको विकास, टिम समन्वयको सुदृढीकरण, र सकारात्मक ऊर्जा प्रवाहमा जोड दियो। सहभागीहरूबीचको खुला विचार-विमर्शले टीम भावना बलियो बनाएको र नवप्रवर्तनलाई कार्यान्वयन गर्ने वातावरण तयार भएको बैंकले जानकारी गराएको छ।
एमबिएलले यस्तो सम्मेलनमार्फत आफ्ना कर्मचारीलाई प्रेरित गर्दै, टीमको क्षमता अभिवृद्धि र दीगो व्यवसाय वृद्धि सुनिश्चित गर्ने लक्ष्य राखेको छ। सहभागिताले बैंकलाई सशक्त, प्रतिस्पर्धात्मक, र नवप्रवर्तनमैत्री बनाउने दिशामा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे