
काठमाडौँ, फागुन १६ ।त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।
पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २-० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म टी-२० आईमा ९ खेल भएका छन्। दुवैले समान चार खेलमा जित र हार व्यहोरेका छन्। एक खेल रद्द भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे