
रुकुम पश्चिम – आठविसकोट नगरपालिकाको नेतृत्वमा सिमबजार, राडिबजार र क्याम्पसरोड क्षेत्रमा बजार अनुगमन सम्पन्न भएको छ। अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तुहरू बरामद गरी नगरपालिकाको कार्यालय परिसरमा नष्ट गरिएको छ।
नगरपालिका, उद्योग वाणिज्य संघ आठविसकोट, नेपाल पत्रकार महासंघ रुकुम पश्चिम, सुरक्षा निकायका प्रतिनिधि, नगर प्रहरी तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरूको सहभागितामा अनुगमन गरिएको थियो। बजारमा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।
अनुगमनका क्रममा व्यापारीहरूलाई गुणस्तरीय खाद्य वस्तुको विक्री–वितरण सुनिश्चित गर्न निर्देशन दिइएको छ। साथै, अनुगमन टोलीले उपभोक्ता अधिकार संरक्षण र खाद्य सुरक्षामा नगरपालिकाको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे