
काठमाडौं — माओवादी केन्द्रले भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा आफ्ना कार्यकर्ता संलग्न भएको प्रमाण भेटिए कडा कारबाही गर्ने जनाएको छ। पार्टीका प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै संलग्न कोही भेटिए पार्टी आफैंले पनि कडा कदम चाल्ने स्पष्ट पारेका छन्। उनले सरकारले पनि प्रमाणका आधारमा कडा कारबाही गर्न आग्रह गरेका छन्।
माओवादीले केही तत्वले गलत प्रचार गर्दै पार्टीलाई दोष लगाउने प्रयास गरेको भन्दै आपत्ति जनाएको छ। पार्टीले तोडफोडमा माओवादी कार्यकर्ताको संलग्नता छैन भन्ने जनाउँदै झूटो प्रचारमा नपर्न सबैलाई आग्रह गरेको छ।
माओवादी केन्द्रका अनुसार, आन्दोलनमा लोकतन्त्र विरोधी तत्वहरू मिसिएर पार्टी कार्यालय, अध्यक्ष प्रचण्डको घर र अन्य नेताहरूका सम्पत्तिमा तोडफोड र आगजनी गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे