
काठमाडौँ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती विधेयकमा संसद्मा गरिएको हेरफेरलाई गम्भीर सुनियोजित अपराध भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
उनले राज्य व्यवस्था समितिले छलफल गरी पारित गरेको विधेयकलाई प्रतिनिधिसभामा लैजाँदा मनपरी ढंगले हेरफेर गर्नु लोकतन्त्र र सांसदहरूको अपमान भएको बताए। “हद भयो, सिमा नै पार गरियो। सांसद र संसद्को यस्तो अपमान अरू के हुन सक्छ ररु” श्रेष्ठले भने, “जुनसुकै पदमा रहे पनि यस्तो कार्य गर्नेहरूमाथि कडा भन्दा कडा कारबाही हुनुपर्छ।”
विशेषगरी लामो समय राष्ट्रिय रूपमा बहस भएको ‘कुलिङ पिरियड’ जस्तो संवेदनशील विषयमा जबरजस्ती फेरबदल गर्नु सामान्य गल्ती नभई जानाजानी गरिएको अपराध भएको श्रेष्ठको भनाइ छ।
उनले यो घटनालाई सानो कमजोरी नभई संसद्माथिको सुनियोजित प्रहारको रूपमा लिनुपर्ने बताएका छन् र संसदको विश्वसनीयता जोगाउन दोषीलाई तत्काल छानबिन गरी कारबाही गर्न जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे