
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बनेपा बसपार्क नजिक टिपरले स्कुटरलाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ। बुधबार बिहान करिब ८स्१५ बजे अरनिको राजमार्गको बनेपा खण्डमा भएको दुर्घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको हो।
दुर्घटनामा धुलिखेल नगरपालिका–४ खड्पुका ३१ वर्षीय अमन प्रधानको घटनास्थलमै मृत्यु भएको परिवारले जनाएको छ। टिपर बनेपा चारदोबाटोबाट तीनदोबाटोतर्फ जाँदै थियो भने स्कुटर पनि सोही दिशामा रहेको बताइएको छ।
मृतकको शव हतारमा अस्पताल पठाइएको भन्दै आक्रोशित स्थानीयले दुर्घटनामा संलग्न टिपरमा तोडफोड र आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। दुर्घटनामा संलग्न टिपर सूर्यविनायक–धुलिखेल सडक निर्माणका लागि सामग्री बोकेर गइरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे