
काठमाडौँ, जेठ ३० । मलावीका उपराष्ट्रपति सवार विमानको भग्नावशेष भेटिएको राष्ट्रपति लाजरस चकवेराले बताएका छन् । उपराष्ट्रपति चीलीमा सवार विमान दुर्घटनामा परेको र विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन्। मंगलबारको पत्रकार सम्मेलनमा राष्ट्रपति चकवेराले मलावी डिफेन्स फोर्सका
कमाण्डरले खोजी र उद्धार कार्य पूरा भएको र विमान फेला पारेको जानकारी दिएका थिए उद्धार टोलीले विमान पूर्णरुपमा ध्वस्त भएको उनले बताए । साउलोस चिलिमा र अन्य नौ जना सोमबार बिहान देश भित्रै उडिरहेका थिए जब उनीहरूको विमान विमानस्थलको राडारबाट हराएको थियो। सेनाको विमान, खराब मौसममा उडिरहेको थियो।
विमान फेला पार्ने प्रयासमा सैनिकहरूले रातभर चिकंगावा जंगलमा खोजी गरिरहेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे