
काठमाडौँ, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
जसअनुसार कम्पनीले प्रतिकित्ता सय अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ८० हजार कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्याइएको छ भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा चैत २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ । यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे