
काठमाडौँ। काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौंका मेयर बालेन्द्र साह ९बालेन० र हामी नेपालका संस्थापक सुदन गुरुङलाई पक्राउ गर्न माग गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा सहभागी भएका बस्नेतले कार्यक्रममै यी तीन जनामाथि आरोप लगाउँदै यस्तो माग गरेका हुन्।
कार्यक्रममा उनले भने , कार्यक्रममा जाँदा ‘जेनजी’ लेखिएका प्लेकार्डहरू देखिनु सामान्य भए पनि कार्यक्रम स्थल नजिकै सडक अबरुद्ध गर्न केही व्यक्तिहरू आएपछि युवाहरूले प्रतिकार गर्दै सडक खाली गराएको बताए। उनले प्रहरी प्रशासनले सतर्कता अपनाएको र कुनै अप्रिय घटना हुन नदिएकोमा धन्यवाद पनि व्यक्त गरे।
बस्नेतले जेनजी समूहलाई अराजक र उत्तेजित बनाउने, र आफूहरूका कार्यक्रममा बाधा पुर्याउने षड्यन्त्रमा बालेन, कुलमान घिसिङ र सुदन गुरुङ संलग्न रहेको आरोप लगाए। उनले यी व्यक्तिलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे