
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रम, विशेषगरी उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाउँदै भनेका छन् , यस्तो कार्यक्रममा समय खर्च गर्नुभन्दा जनताको काममा समय दिने इच्छा राख्छन् । पुनले आफू अनावश्यक समारोहमा नजाने र आफ्नो सम्पूर्ण ध्यान काममा केन्द्रित गर्ने बताएका छन् । उनले युनेस्को र ब्रिटिश काउन्सिलका अन्तर्राष्ट्रिय सम्मेलनमा पनि नगएको उल्लेख गर्दै, मन्त्रीहरू अत्यावश्यक कामका लागि मात्र विदेश गएको बताए । साथै, उनले ‘मन्त्री विदेश घुम्न गए’ भन्ने हल्ला फैलाउन नहुने पनि आग्रह गरेका छन् । उनले काममै ध्यान दिएर देशका शिक्षा र प्रविधि क्षेत्र सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे