
काठमाडौँ ,१६ कात्तिक | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारप्रसार अघि त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् ।नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर–१ का उम्मेदवार किरण पौडेलको चुनावी प्रचारप्रसारमा सहभागी हुन् ओली महादेव मन्दिर पुगेका छन् ।
पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएका छन् ।त्यसै कारण ओलील महादेव मन्दिरको दर्शन गरेको पौडेल निकट एक कार्यकर्ताले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे