
जनकपुर । मधेश प्रदेश सभाको बैठक आज बिहान बस्ने भनिए पनि मुख्यमन्त्री सरोज कुमार यादव उपस्थित नहुँदा बैठक दिउँसो २ बजेसम्मका लागि रोकिएको छ।
आजको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम थियो। तर प्रस्ताव राख्ने व्यक्ति ९मुख्यमन्त्री० नै नआएपछि उपसभामुख बबिता कुमारी राउत इसरले बैठक स्थगित भएको घोषणा गरिन्।
सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। यादवले भने आफूले आदेश ढिलो प्राप्त गरेको कारण आज बिहानै मत लिने तयारी गरेको बताउँदै पत्रकार सम्मेलन गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे