
ललितपुर। माछापुच्छ्रे स्कुलले आफ्नो आर्ट एक्जीबीसन सम्पन्न गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ट चित्रकार किरण मानन्धर उपस्थित हुनुहुन्थ्यो। साथै, विद्यालयका चेयरपर्सन डा. बिनोद प्रसाद यादव, प्रिन्सीपल होमनाथ आचार्य, अभिभावकहरू, र शिक्षा सम्बन्धी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन वरिष्ट चित्रकार किरण मानन्धरले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूले तयार गरेका विभिन्न कलाकृतिहरूको अवलोकन गर्दै तिनीहरूको हौसला बढाउनु भएको थियो। साथै, उहाँले प्रत्यक्ष आर्टवर्क गर्दै विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्नुभयो।
चित्रकार मानन्धरले कार्यक्रममा सहभागी हुँदै बालबालिकालाई किताब ज्ञानको अतिरिक्त, तिनीहरूको रुचिका विषयमा लाग्न प्रोत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले माछापुच्छ्रे स्कुलद्वारा आयोजित यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको भन्दै विद्यालयलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो।
कार्यक्रममा, वरिष्ट चित्रकार मानन्धरलाई विद्यालयका चेयरपर्सन डा. बिनोद प्रसाद यादवले दोसल्ला ओढाएर सम्मान गर्नुभयो। कार्यक्रमका उपस्थित अभिभावकहरूले विद्यालयको भूमिकाको प्रशंसा गर्दै बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्नको लागि विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो।
विद्यालयका प्रिन्सीपल होमनाथ आचार्यले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे