
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्काशन प्रक्रिया सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो।
कम्पनीको जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ रहेको छ। सो मध्ये ४८.९९९८ प्रतिशत अर्थात १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशनको स्वीकृति प्राप्त भएको छ। पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता स्थानीयका लागि र १ लाख ५० हजार ४७१ कित्ता विदेशमा कार्यरत नेपालीका लागि बिक्री गरिसकिएको छ।
हाल दोस्रो चरणअन्तर्गत १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन भैरहेको छ। यसमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएका छन् भने बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि साउन २९ गतेसम्म रहनेछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय वा सि आस्बा प्रणालीमार्फत दिन सकिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे