
काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक आज बुधबार अपराह्न १२ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि “प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा” प्रस्ताव पेस गरिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए।
उक्त प्रस्ताव प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा तयार गरिएको हो। प्रस्तावमा प्रदेशस्तरीय सेवा प्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनाका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनको खाका समेटिएको बताइएको छ।
यसअघि भएका बैठकहरूमा सांसदहरूले बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती, आर्थिक पारदर्शिता अभाव र स्थानीय तहसँगको कमजोर समन्वयप्रति चिन्ता व्यक्त गर्दै सुधारको माग गर्दै आएका थिए। आजको बैठकमा ती विषयहरू पुनः उठ्न सक्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे