
काठमाडौं, २६ माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी छन् ।
सुदूरपश्चिम सरकारका मुख्यमन्त्रीले नागरिक उन्मुक्तिबाट विश्वासको मत नपाउने भएको छन् । सरकारले रेशम चौधरीलाई छाड्ने संकेत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडानमा छ नागरिक उन्मुक्ति । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित हिजैका लागि तय गरिएको प्रदेशसभा बैठक आजलाई सारिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाए सरकार ढल्छ ।
अध्यक्ष श्रेष्ठले आफ्ना पार्टीका सात सांसदको फोटो फेसबुकमा राख्दै लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने! योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्छ ।’
विद्रोह गर्ने आफूहरूको माग नभई मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य भएको उल्लेख गरेकी छन् । ‘हिजो आयातितले बजार धान्थे आज हामी आफैँ सक्षम छौँ । सतहमा दर्हो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहस मात्रै हो’ उनले भनेकी छन्, ‘भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे