
काठमाडौँ , २९ पुस । अमेरिकाको लस एन्जलसमा भएको डढेलोले ३८,००० एकडभन्दा बढी जमिन जलेर खरानी बनाएको छ। आगलागीका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ, र मृतक संख्या बढ्न सक्ने सम्भावना छ। मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा फेला परेका थिए । सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन्, र एटीएम काउन्टरहरू नष्ट भएका छन्। हावाहुरीले रूखहरू ढलेका छन्, र आकाश धुवाँ र खरानीले ढाकिएको छ। अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन्, र वायुको गुणस्तर प्रदूषित भएको बताएका छन्।
दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ र दुई लाख घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। हजारौं अग्निनियन्त्रकहरूले आगो निभाउन प्रयासरत छन्, यद्यपि धेरै स्थानमा आगो अझै नियन्त्रणमा आएको छैन। क्यानडा सरकार आगो निभाउन सहायता पुर्याउन अघि आएको छ।
डढेलोको चपेटामा परेकै बेला लुटपाट मच्चिएको छ । डढेलोका कारण घरहरु खाली गरिएपछि लुटेराहरुको समुह प्रवेश गरी व्यापक लुटपाट मच्चाएकाले डढेलो प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
स्थानीय समय अनुसार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको हो । डढेलो बस्तीसम्म प्रवेश गरेपछि हजारौं स्थानीयले घर छा्ड्न थालेकाले लुटपाट मच्चिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे