
काठमाडौँ , १३ माघ । भाषाविद् चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो ।दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत गौतमको उपचारका क्रममा निधन भएको हो । उनले २००० साल असोज १ गते तेह्रथुमको खाम्लालुङमा जन्मिएका थिए । ग्रामर गुरु’का नामले परिचित गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो ।
अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे । गौतमले लेखेका पुस्तकहरुमा राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, नेपाली–इङ्गलिस डिक्सनरी, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली शब्दको दुर्दशा, विद्यालयको नेपाली शब्दकोश, नेपाली व्याकरण आदि रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे